भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, यातायातमा जोरबिजोर नियम
काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बिहीबार) देखि केही खुकुलो हुने भएको छ। काठमाडौंका उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिहीबारदेखि व्यापार, व्यवसाय र यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए। भोलिदेखि सबै प्रकारका व्यापार-व्यवसाय सशर्त खुल्ने भएका हुन्। भदौ ४ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात र व्यापार व्यवसाय खोल्ने निर्णय भएको दाहालले बताए।
यातायातमा जोरबिजोर
भोलिदेखि काठमाडौं जिल्ला भित्र निजी तथा सार्वजनिक यातायात जोरबिजोर प्रणालीमार्फत सञ्चालन गरिने प्रजिअ दाहालले जानकारी दिए।
‘भोलिदेखि व्यापार व्यवसाय पनि प्राय सबै खुल्नेछन् तर दिन अनुसार’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘हप्ताको दुई वा तीन दिनको तालिका मिलाइरहेका छौं। व्यापारको प्रकृति अनुसार समय पनि तोकेका छौं।’
विशेषगरी व्यापार व्यवसायलाई लक्षित गरेर निषेधाज्ञा खुकुलो बनाइएको उनले बताएका छन्। दाहालका अनुसार अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहनेछ। उपत्यका छिर्ने नाकामा यसअघि झैँ कडाइ गरिनेछ। त्यसैगरी धेरै भिडभाड हुने क्षेत्र बन्द नै रहनेछन्।
भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, यातायातमा जोरबिजोर नियमव्यापार, व्यवसाय हप्तामा केही दिन पूरै खोल्न दिइने
सरस्वती अधिकारी
Comments
अरु समाचार
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...