बिदाई हुनुभन्दा २ घण्टा अगाडि आनन्दमोहनको जोडबलमा न्याय परिषद्को बैठक बोलाइयो, न्यायाधीशमा आफ्ना मान्छे ल्याउने खेल
काठमाडौं । ६५ वर्षे उमेर हदका कारण शुक्रबारदेखि अवकाश हुन लागेका सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराईले जाँदाजादै न्यायाधीश नियुक्तिमा जोडबल गरेका छन् । २ बजे उनको बिदाई कार्यक्रम तय भइसकेको छ । तर, न्यायाधीश नियुक्ति गर्ने उद्देश्यले १२ बजे न्याय परिषद्को बैठक डाकिएको हो । घर जानुभन्दा अगाडि आनन्दमोहन आफ्ना मान्छेलाई व्यवस्थापन गर्न चाहन्छन् भन्ने कुरा यो घटनाले पुष्टि गर्छ ।
आनन्दमोहनको स्वार्थमा प्रधानन्यायाधीश विशम्भरप्रसाद श्रेष्ठ र न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठ लागेको सर्वोच्च अदालतभित्र चर्चा चलेको छ । जाँदाजाँदै आफ्नो स्वार्थ अनुसार खल्तीका मान्छे नियुक्ति गरेर उनी जान खोजेको बुझिन्छ । राम्रो भन्दा पनि हाम्रा मान्छे नियुक्ति गरौं भनेर उहाँ लाग्नु भएको छ सर्वोच्च स्रोतले भन्यो, ईश्वरप्रसाद खतिवडाको डिजाइनमा आनन्दमोहन श्रीमान जाँदाजाँदै न्यायाधीश नियुक्ति गर्ने महिहत्ते गरेर लाग्नु भएको छ । न्याय परिषद् बैठक त्यसैको कडी हो ।
आनन्दमोहनले भने आफूले राम्रा मान्छे नियुक्ति गरेर जान खोजेको प्रतिक्रिया दिए । उनले जसले गरेपनि राम्रो मान्छे नियुक्ति गर्ने हो त्यसैलै जसले गरेपनि फरक पर्दैन भनेर आफ्नो कदमको बचाउ गरेका छन् । सर्वोच्च स्रोतका अनुसार आनन्दमोहनले वरिष्ठ र काबिल न्यायाधीशलाई रोकेर आफ्नो स्वार्थमा चल्नेलाई सर्वोच्चमा ल्याउन खोजेका हुन् । उनले च्यापेर हिँडेका मान्छे हेर्दा पनि त्यो कुरा प्रस्ट हुने स्रोतको दाबी छ ।
जाँदाजाँदै सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेर दाम्लो चुडाल्न खोजेका आन्दमोहनको भनाइ र गराइ बिल्कुल फरक छ । अन्तिम समयमा उनको कदमलाई साथ दिनेहरुले पनि एकपटक सोच्नु पर्ने कुरा हो । तर, उनीहरु आनन्दमोहनसँग नतमस्तक बनेको बुझिन्छ ।
Comments
अरु समाचार
-
नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित
काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ । ४५ औँ विश्व पर्यटन...
-
पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयलाई रोजगारी दिइने छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ...
-
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौं । आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका छ मध्ये दुई सिटमा न्यायाधिश सिफारिस गरेको छ...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...
-
पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा...
-
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
काठमाडौं । निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक...
-
ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै
काठमाडौं । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...