ताजा समाचार

नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित

काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा निगमलाई सम्मान गरिएको हो ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो । निगमले २०२३ अगष्ट १ तारिखदेखि २०२४ अगष्ट ३१ तारिखसम्म १० करोड ८० लाख ४० हजार ८ सय ७६ अमेरिकी डलर आर्जन गरेको छ । यस संकलित रकमले देशमा विदेशी मुद्रा सञ्चिती बढाउन उल्लेखनीय योगदान पुर्याएको छ । आगामी दिनमा पनि आफ्नो कारोबार बढाई राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन थप योगदान गर्दै जानेमा निगमले विश्वास लिएको छ ।

निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यहरुमा यात्रुहरुलाई अन्तर्राष्ट्रिय स्तरको सेवा पुऱ्याउँदै आइरहेको र यस्ता सम्मानबाट निगमको व्यापारलाई बढाउन अझै हौसला मिलेको प्रवक्ता रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बढीभन्दा बढी राजस्व उठाउन सहयोग गर्ने नेपाल सरकार, तालुकदार मन्त्रालय एवं सबै सरोकारवालाहरु, सेल्स एजेन्टहरु तथा सबै कर्मचारीहरुलाई निगमले आभार प्रकट गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org