ताजा समाचार

संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग

काठामाडौं । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको छ ।

रोमस्थित एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सप्ताह अन्तमा जारी द्वन्द्वले तत्काल मानवीय प्रतिक्रियाको आवश्यकतालाई जोड दिएको छ । यसले देशभरका आश्रयस्थलहरूमा तयारी खानाका लागि खाद्यान्न, रोटी, ताजा खाना र तयारी खानाका पोकाहरू वितरण गरिरहेको छ।

बेरुतको बाहिर क्षेत्रमा भएको बम आक्रमणमा इरान समर्थित समूहका नेता हसन नसरल्लाह मारिएको दुई दिनपछि इजरायलले लेबनानको हिजबुल्लाहका दर्जनाआश्रयस्थललाई लक्षित गरी थप हवाई आक्रमण गरिरहेको आइतबार जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनको सहयोगी हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेपछि इजरायल र हिजबुल्लाहबीच करिब एक वर्षयता सीमापार गोली हानाहान हुँदै आएको थियो ।

डब्लुएफपीका अनुसार लेबनानमा भएको बम विस्फोटले ‘सञ्चित सङ्कटको बोझले थिचिएको जनसङ्ख्याको समस्यालाई अझ जटिल बनाएको छ।”

लेबनानका लागि डब्लुएफपीका निर्देशक म्याथ्यु होलिङवर्थले भने, “डब्लुएफपीको सहयोग केही दिनमै हजारौँ नयाँ विस्थापितबीच पुगेको छ ।

“सङ्कट गहिरिँदै जाँदा हामीले नगद र खाद्यान्नको मिश्रणबाट १० लाख मानिसलाई सहयोग गर्ने तयारी गरिरहेका छौं,” उनले भने ।

“अन्तर्राष्ट्रिय समुदायलाई १० करोड ५० लाख अमेरिकी डलर परिचालन गरी वर्षको अन्त्यसम्म सञ्चालनका लागि सहयोग गर्न आह्वान गर्दछौं,” उनले अगाडि भने। डब्लुएफपीका क्षेत्रीय निर्देशक कोरिन फ्लेशरले लेबनान समस्याको एउटा केन्द्रविन्दु र अर्को युद्ध सहन नसक्ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org