ताजा समाचार

कर्णाली राजमार्गको स्तरोन्नति गर्नमै १७ करोड खर्च, अझ हालत उस्तै

काठमाडौं, १२ साउन । कर्णाली राजमार्गको सुर्खेतदेखि गम्गडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ । कुल एक सय ९५ किलोमिटर लामो सडकखण्डमा धेरै स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ । पहिरोको कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि पन्छाउने उपकरण नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो राजमार्गको ट्रयाक खुलेको दशक बढी भइसकेको छ । तर, हालसम्म पनि यो राजमार्गमा ढुक्क साथ यात्रा गर्ने बाटो बनेको छैन । दुई वर्षअघि हस्तान्तरण गरेको नाग्म गमगडी सडकखण्ड र कर्णाली राजमार्गको स्तरोन्नतिका लागि हालसम्म १६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

विश्व बैंकको सहयोगमा एक अर्ब २० करोड रुपैयाँ खर्च गरी ट्रयाक खुलेको कर्णाली राजमार्गको स्तरोन्नतिका लागि माघदेखि हालसम्म दुई करोड रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ । ९३ किलोमिटरको नाग्म गमगडी सडकखण्डको स्तरोन्नतिका लागि दुई वर्षको अवधिमा १५ करोड रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org