ताजा समाचार

जनार्दनजस्तै इन्ट्री मार्दै उर्जामन्त्री महेन्द्र शाही भन्छन्, ‘मर्न तयार हुनुस् नभए राजिनामा गर्नुस्’

काठमाडौं, १२ साउन । नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नडराएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्कम कार्यक्रममा मन्त्री शाहीले यसअघिका उर्जामन्त्री जनार्दन शर्माको जस्तैगरी इन्ट्री मारेका छन् । उनले कर्मचारी निर्देशन दिदैं भने, ‘काम गर्दै जाँदा मुद्धा पर्ला र जेल जानु पर्ला भनेर नडराउनुस्,’ मन्त्री शाहीले भने, ‘देशका लागि अब मर्न पनि तयार हुनुस्’ मन्त्री शाहीले भने ।

उनले आफ्नो घर निर्माण गर्ने क्रममा जेल जानुपर्‍यो भने त्यो घृणित कार्य भएपनि राष्ट्र निर्माणमा जेल जानुपर्‍यो भने त्यो गौरबको विषय भएको बताएका थिए । मन्त्री शाहीले लामो समय विद्युत आयोजनाहरु अघि बढाउन रोकेर फाइदा लिने तत्व अहिले पनि देशमा सक्रिय रहेको भन्दै कर्मचारीहरुलाई खुट्टा नकमाउन निर्देशन दिए ।

‘खुट्टा कमाउनुहुन्छ भने आजै राजीनामा दिनुस्, रिटायर्ड हुनुस् । तर, काम गर्ने आँट छ भने अब म तपाईहरुको साथमा छु’ उनले भने । आउँदो हिउँदमा बिद्युत आपुर्ति सहज गराउनका लागि लोड म्यानेजका साथै चुहावट घटाउन पर्ने मन्त्री शाहीले बताए । प्राबिधिक चुहावट नियन्त्रण तत्काल अघि बढाउने उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org