ताजा समाचार

भरतपुर प्रकरणमाथि सर्वोच्च अदालतमा आज पनि बहस, के फैसला आजै आउला त ?

काठमाडौं, १२ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस हुँदैछ । जेठ २१ गते सर्वोच्चमा दायर भएको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विवाद करिव दुई महिनासम्म हुन सकेको छैन। अन्तरकालीन आदेशबाट पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय भने रोकिएको छ।

साउन २ गतेदेखि मुद्दाको मिसिल खोलिए पनि यसअघिको अन्तरकालीन आदेशले निरन्तरता पाउने वा नपाउने निश्कर्षमा पुगेको छैन।न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्धा हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको छ। बिहीबार पनि मुद्दाको सुनुवाइ निरन्तर रहनेछ।

बिहीबार सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बहसलाई निरन्तरता दिनेछन्। यस्तै निर्वाचन आयोगका तर्फबाट उपस्थित कानुन व्यवसायीको बहस पनि बाँकी छ। सरकारी वकिल र आयोगका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षलाई जवाफका लागि संक्षित बसहको समय दिइनेछ।

सरकारी वकिल र आयोगका तर्फबाट उपस्थित कानुन व्यवसायीको बहस व्यवस्थापन भएमा भरतपुर प्रकरणले आज निकास पाउने सम्भावना छ। तर, संयुक्त इजलासका न्यायाधीशबीच राय नमिलेको अवस्थामा मुद्दा पुनः लम्विनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org