कमल थापालाई फेरी लाग्यो अर्को झट्का: रेखा थापा राप्रपा छोड्दै राणा नेतृत्वको पार्टीमा प्रवेश
काठमाडौं, २४ साउन । नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा छोडेकी छन् । राप्रपा परित्यागको घोषणा गर्दै उनी पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा प्रवेश गरेकी छन् । यसअघि उनी माओवादी केन्द्र परित्याग गरी राप्रपामा गएकी थिइन् ।
आफ्नो विचार कमल थापा पक्षसँग भन्दा पनि पशुपति शम्शेर राणा पक्षसँग मिलेको बताएकी छन् । उनले भनिन्, ‘आफ्नो लाइन मिलेकाले राप्रपा प्रजातान्त्रिकलाई रोजेकी हुँ ।’ यसअघि उनी माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गर्दा कमल थापा देशकै नायक भएको दाबी गरेकी थिईन् ।
उनलाई गायिका कोमल वलीले राप्रपा प्रवेश गराएकी थिइन् । पार्टी फुटपछि रेखा राणा समूहतिर लागेपछि कोमल वली अहिलेसम्म थापा समूहमै छिन् । राप्रपाको केन्द्रीय सदस्य थापाले मंगलबार मध्यान्ह निर्वाचन आयोगमा पुगेर आफ्नो समर्थन राणालाई रहेको भन्दै नाम सनाखत गराएकी छिन् । आइतबार राणाले पार्टी फुटाएर निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले पनि राणालाई समर्थन गर्दै नाम सनाखत गराउन आयोग पुगेको राप्रपा प्रजातान्त्रिकका नेता सगुन सुन्दर लावतीले रातोपाटीलाई बताए ।
Comments
अरु समाचार
-
विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता...
-
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा...
-
कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन्। आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी...
-
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौं । आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका छ मध्ये दुई सिटमा न्यायाधिश सिफारिस गरेको छ...
-
प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबिच शिष्टाचार भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । यसैक्रममा...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो...
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...