ताजा समाचार

कारबाही गर्न सिफारिस गरिएका आयल निगमका निर्देशक गोपाल खड्का किन निलम्बित भएन ?

काठमाडौं, २५ साउन । नेपालमा आयल निगमको जग्गा खरिद घोटला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । सडकदेखि संसदीय समितिको एउटै निष्कर्ष छ जग्गा खरिदमा करोडौं अनियमितता भएकै हो । सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्यो ।

भ्रष्टाचार अभियोग लाग्नसाथ प्रमाण नष्ट गर्न सक्ने भन्दै सम्बन्धित अधिकारीलाई निलम्बन गरेर थप अनुसन्धान गर्ने परम्परा छ । तर, निगमका कार्यकारी दिर्नेशक खड्का नियमित कार्यालय आएर काम गरिरहेको खबर आजको नागरिक दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org