ताजा समाचार

१७ दिनदेखि अनसनरत डा. केसीको समर्थनमा आजदेखि देशभरका चिकित्सकहरु आन्दोलनमा

काठमाडौं, २५ साउन । १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा आजदेखि देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनमा बसेका वरिष्ठ चिकित्सक डा. केसीको मागको समर्थन गर्दै मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक आजदेखि आन्दोलनमा उत्रिएका हुन् ।

सरकारी उदासिनताको विरोधमा उनीहरुले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका हुन् । सरकारी चिकित्सक संघ गोडानले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ । संघको मंगलबार बसेको आकस्मिक बैठकले डा. केसीका मागमा ऐक्यबद्धता जाहेर गरेको हो ।

बैठकले डा. केसी आमरण अनसनमा बसेको लामो समयसम्म पनि माग पूरा गर्न सरकार संवेदनशील नभएको निष्कर्ष निकाल्दै दबाब दिने निर्णय गरेको हो । मुलुकभर प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय तहका अस्पतालसम्म करिब १ हजार ६ सय सरकारी चिकित्सक रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org