ताजा समाचार

सिन्धुपाल्चोकको बाह्रबिसेस्थित महाभिरमा सडक चार मिटर तल भासिँदा अरनिको राजमार्ग अबरुद्ध

सिन्धुपाल्चोक, २६ साउन । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित महाभिर भन्ने ठाउँमा सडक भासिएको छ । बुधबार राति सडक करिव चार मिटर तल भासिँदा अरनिको राजमार्ग अबरुद्ध बनेको छ ।

सडक भाँसिएपछि तातोपानी बाह्रबिसेबाट काठमाडौं आउने र जाने सवारी साधन बीच बाटोमै रोकिएका प्रहरीले जनाएको छ । भासिएको सडक खुलाउने प्रयास शुरु गरिए पनि पूर्णरुपमा खुलाउन भने अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org