ताजा समाचार

जे गरेपनि कारबाही नगर्न माग गर्दै आन्दोलनरत पेट्रोलियम व्यवसायीसँग सरकारले आज वार्ता गर्ने

काठमाडौं, २६ साउन । आन्दोलनरत पेट्रोलियम व्यवसायी र सरकारबिच आज वार्ता हुने भएको छ । दिउँसो १ बजे आपूर्ति मन्त्रालयमा आपूर्ति मन्त्री र सचिवसहित नेपाल आयल निगमका पादधिकारीले पेट्रोलियम व्यवसायीसँग वार्ता गर्न लागेका हुन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलको ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानी आयल निगमले व्यहोर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको छ । एसोसिएसनले माग सम्बोधन नगरे पेट्रोल बिक्री रोक्ने चेतावनी दिएपछि सरकार व्यवसायीसँग वार्ता गर्न बाध्य भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org