ताजा समाचार

आगामी हिउँदको लोडसेडिङ टार्न भारतबाट थप २१० मेगावाट बिजुली ल्याउने तयारी

काठमाडौं, २६ साउन । आगामी हिउँदको लोडसेडिङ टार्न भारतबाट थप २१० मेगावाट बिजुली ल्याउने तयारी भईरहेको छ । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदका लागि थप २ सय मेगावाट विद्युत आयात गर्ने तयारी गरिरहेको हो । त्यसको लागि आवश्यक पर्ने भौतिक संरचना तयार गरेको छ ।

कटैया कुशाहा र रक्सौल परवाहनीपुरको १ सय ३२ केभिए लाइनबाट थप १ सय मेगावाट विद्युत आयात हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । नेपाल–भारत पावर एक्सचेन्ज कमिटीको बैठकले सो प्रशारणलाइनबाट थप १ सय मेगावाट बिद्युत नेपालले आायत गर्ने सहमति गरेको हो ।

त्यस्तै ढल्केबर मुजफ्फरपुबाट पनि थप १ सय मेगावाट बिद्युत आयात गर्नको लागि ढल्केबरमा सबस्टेशन निर्माण गरिरहेको छ । यो आगामी हिउँद सुरु नहुँदै निर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य रहेको छ । लामो समयदेखि बन्द रहेको धनगढी पालियाबाट पनि थप १० मेगावाट बिद्युत आयात गरिनेछ । यो प्रसारणलाइन २ महिनाभित्रै सञ्चालनमा आइसक्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । अहिले आगामी हिउँद हुनसक्ने सम्भावित लोडसेडिङ टार्न यस्तो तयारी भईरहेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org