ताजा समाचार

वसन्तपुर दरबारको पुर्नःनिर्माणको साउन ३१ बाट हुने, चीनका प्रथम उपप्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौं, २७ साउन । नेपालको गौरवका रुपमा रहेको वसन्तपुर दरबारको पुर्न निर्माणको शुरुआत साउन ३१ गतेबाट हुने भएको छ । चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँमा वसन्तपुरमा रहेको नौतले दरबार पुननिर्माण हुने भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

चीन सरकारले महत्वका साथ हेरेको वसन्तपुर दरबारको पुननिर्माणको सुरुवात चीनका प्रथम उपप्रधानमन्त्री वाङ याङले शुभारम्भ गर्ने छन् । २०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको नौतले दरबार र त्यससँगै रहेको कीर्तिपुर, भक्तपुर र काठमाडौंटावर पुननिर्माण गर्ने सम्झौता भएको करिब एक बर्षपछि सो दरबार पुनननिर्माण हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org