ताजा समाचार

विराटनगरमा ३० बर्षकै सबैभन्दा ठूलो बाढीः ३ जनाको मृत्यु, राजमार्गको पुल जोखिममा

विराटनगर, २९ साउन । लगातार बर्षाका कारण बाढीले वितण्डा मच्चाउँदा मोरङमा तीन जनाको मृत्यु भएको छ । पूर्वी क्षेत्रको मुख्य शहर विराटनगरमा पछिल्लो ३० बर्ष अवधिकै ठूलो बाढी आएर डुबान भएको छ ।

लोहन्द्रा खोलाले बगाएर केराबारी ९ कुसुमेका ५६ बर्षका मीन बहादुर थापा, बक्राहा खोलाले बगाएर मिक्लाजुङ २ का ३२ बर्षका गंगाराम खतिवडा र पहिरोले घर पुरिँदा लेटाङ नगरपालिका १ मा शनिबार ४० बर्षकी गोपीमाया तामाङको मृत्यु भएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ । बाढीले पूर्व पश्चिम राजमार्गको पुल जोखिममा परेको छ । जमिन कटान गर्न थालेपछि जोखिम बढेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org