ताजा समाचार

बाढी पहिरोले मुग्लिन–नारायणगढ सडकसहित देशका धेरै मुख्य सडक अबरुद्ध, यात्रुहरु बाटामै अलपत्र


काठमाडौं, २९ साउन । शनिबारदेखि लगातार भारी वर्षा भईरहेको छ । वर्षाका कारण देशभरको जनजिवन प्रभावित भईरहेको छ । वर्षासँगै आएको बाढी पहिरोले मानविय तथा धनजनको क्षति भईरहेको छ । झरी तथा बाढीपहिरोका कारण धेरै ठाउँमा गाडी समेत चल्न सकेका छैनन् । मुख्य नाका मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार दिउँसोदेखि खुलेको छैन भने पूर्वीक्षेत्र जोड्ने विपी राजमार्ग पनि अबरुद्ध छ ।

यस्तै हेटौंडा निस्कने वैकल्पिक बाटो सिस्नेरी–फाखेल सडकखण्ड पनि अबरुद्ध छ । पहिरोले काठमाडौंको साँखु हुँदै सिन्धुपाल्चोक जोड्ने बाटो पनि अबरुद्ध भएको छ । नुवाकोट ओहोरदोहोेर गर्ने गाडी पनि पहिरोका कारण रोकिएका छन् । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो पन्छाएर बाटो खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । पानी परिरहेकाले बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।

यस्तै मुग्लिनबाट पोखरा जाने बाटो खुलाउन भने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट मौवाखोला सडकखण्डमा सात ठाउँमा पहिरो खसेकाले तत्काल गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ ।

बाढी तथा पहिराले कतै सडक बगाएको छ भने कतै पुलहरु नै भत्काएको छ । उपत्यकाका बाहिर जाने मुख्य मार्ग नारायण मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो गएका कारण सवारी आवागमन ठप्प प्राय छ । सवारी नै नचल्दा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org