ताजा समाचार

पोखराको रत्न मन्दिर नजिकै एक सैनिकद्वारा आफ्नै सहकर्मीको गोली हानी हत्या

पोखरा, ३१ साउन । पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा सुरक्षामा खटिएका सैनिक प्युठ गणेश सिंह विष्टको आफ्नै सहकर्मीले गोली हानी हत्या गरेका जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

सँगै ड्युटीमा रहेका वसन्त लोहारले गोली प्रहार गरेको बताइए पनि गोली प्रहार गरेर हत्या गर्नुको कारण खुलेको छैन । प्रहरीले यसमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले बैतडी घर भएका विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘आपसी मनमुटावका कारण गोली हानेको प्रारम्भिक रुपमा देखिएको छ,’ प्रहरीले भन्यो, ‘सबै विवरण आईसकेको छैन ।’ गोली हान्ने लोहार सैनिक नियन्त्रणमा छन् । यहाँको फुलबारीस्थित सिद्धिबक्स गणबाट रत्न मन्दिरको सुरक्षा हुँदै आएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org