ताजा समाचार

चार हजार मेगावाट बराबरको लाइसेन्स लिएका ४१ आयोजना खारेज हुँदै

काठमाडौं, ५ भदौं । ४ हजार २ सय ३२ मेगावाट बराबरको विद्युतको लाइसेन्स लिएका ४१ आयोजना खारेज गर्ने प्रक्रिया सुरु भएको छ। लाइसेन्स लिएका तर उत्पादन अनुमतिपत्रको निवेदन दिए पनि आवश्यक प्रक्रिया पुरा नगरेका आयोजनाको लाइसेन्स खारेज हुने भएको खबर नयाँ पत्रिकामा छ ।

लाइसेन्स लिएको आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गर्न वित्तीय व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, विद्युत खरिद–बिक्रीको सम्झौता वा कनेक्सन एग्रिमेन्ट वा विद्युत खरिद–बिक्रीको सम्झौतालगायत पेस गर्नुपर्छ । तर, ती आयोजनाले त्यस्ता प्रक्रिया पुरा नगरेको विद्युत विकास विभागको भनाइ छ ।

विभागले ती कम्पनीलाई सूचना जारी गर्दै ३५ दिनभित्र सम्पूर्ण प्रक्रिया पुरा गरेर अगाडि बढाउन र त्यसो नगरे खारेज हुने स्पष्ट पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org