ताजा समाचार

संविधान संशोधन प्रस्तावमाथि आज मतदान हुने, पारित हुने सम्भावना न्यून

काठमाडौं, ५ भदौं । संविधान संशोधन प्रस्तावमाथि संसदमा आज मतदान हुँदैछ । मधेशवादी दलहरुको माग बमोजिम संसदमा पेश भएको प्रस्तावमा आज मतदान हुन लागेको हो । तर संशोधन प्रस्ताव पारित हुने सम्भावना निकै कम रहेको छ । प्रस्ताव पारित हुन संसदमा रहेको ५ सय ९२ सांसदको दुई तिहाई अर्थात ३ सय ९५ सांसदको समर्थन आवश्यक पर्ने भएपनि सत्तारुढ दलहरुसँग ३ सय ७३ मत मात्र छ । संसोधन प्रस्तावको पक्षमा दुईतिहाई पु¥याउन थप २२ सांसद अपुग देखिएको छ ।

१४ सांसद रहेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन प्रस्तावको विपक्षमा उभिने आइतबार नै निर्णय गरिसकेको छ । राप्रपाबाट पशुपति शम्शेर राणा अलग भएर गएपछि संशोधन विपक्षमा उभिएको हो । संविधान संशोधनको माग गर्दै आएको राजपाले प्रस्ताव पास वा फेल जे भएपनि संसदीय प्रक्रियाबाट आएको नतिजा स्वीकार्ने सहमति जनाइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org