रेलमार्ग बन्ने निश्चित, रेल कहिले सम्म चल्ने अनिश्चित
काठमाडौं, ९ भदौं । सरकारले रेलमार्ग निर्माणको कामलाई खण्डगत रूपमा तीव्रता दिएको छ। पूर्वपश्चिम रेलमार्गअन्तर्गत बर्दिवास-सिमरा खण्डको एक भाग यसै वर्ष पूरा गर्ने गरी कामले तीव्रता पाएको हो। यस खण्डको रेलमार्ग सम्पन्न भएपछि नेपालभित्र एक सय आठ किमि रेलमार्ग तयार हुनेछ । पछिल्लो समय सरकारले रेलमार्ग निर्माणमा गति दिए पनि आफ्नै रेल ल्याउने नल्याउने अझै अनिश्चित छ। यस बारेमा कुनै टुंगो नभएको रेल विभागका महानिर्देशक विष्णुओम बादेले जानकारी दिए।
नेपाली भूमिसम्म भारतर्फबाट पनि रेलमार्ग जोड्ने काम भइरहेको छ। फागुनसम्म भारतीय सीमाबाट जनकपुर-जयनगर खण्डको रेलमार्ग नेपाली भूमिमा जोडिनेछ। फागुनसम्म बर्दिवासदेखि जनकपुर-जयनगसम्म रेलमार्गको काम सक्ने गरी भारतीय पक्षले काम गरिहेको रेल विभागको भनाइ छ। विभागका अनुसार पुरानो रेलमार्गलाई नयाँ बनाउने भनिए पनि यसमा गुड्ने रेलको कुनै टुंगो छैन।
विभागका महानिर्देशक वादेका अनुसार पूर्वपश्चिम खण्डको सानो भागमा रेलमार्ग बन्ने निश्चित भइसकेको छ। ‘नेपालको देखाउनलायक रेलमार्ग तयार हुँदैछ। केही समयभित्रै १०८ किमी रेलमार्गको पूर्वाधार तय हुनेछ। तर, कहिलेबाट रेल गुडाउने त्यस सम्बन्धमा अझै निश्चिन्त हुन नसकिएको उनको बुझाइ छ।
Comments
अरु समाचार
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो...
-
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
काठमाडौँ, ११ असोजः जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च...
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
आज विश्व पर्यटन दिवस: विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...