ताजा समाचार

अर्घाखाँचीमा जीप सडकबाट एक सय मिटर तल खस्दा ६ जना घाइते

अर्घाखाँची, ९ भदौं । अर्घाखाँची जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका–८ मा लु १ ज २६६४ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा सन्धिखर्क नगरपालिका–८ का खुमानन्द बन्जाडे, सन्धिखर्क नगरपालिका–२ का सुरज भुसाल, विकास भुसाल, प्यूठान जिल्ला घर भएका चालक माधव पराजुली, पुरन परियार र सुनिल क्षेत्री रहेका छन् ।

घाइतेमध्ये खुमानन्द बन्जाडे, सुरज भुसाल, माधव पराजुली र सुनिल क्षेत्रीलाई जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचार पश्चात बुटवल रिफर गरिएको छ भने पुरन परियार र विकास भुसालको जिल्ला अस्पताल अर्घाखाँचीमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । जीप सडकबाट करिब सय मिटर तल खसेको थियो । रातको समयमा दुर्घटना भएकाले दुर्घटनाको कारण पत्ता लागि डिएसपी कोइरालाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org