ताजा समाचार

आज गणेशको पूजाआजा गरी गणेश चतुर्थी पर्व मनाईंदै

काठमाडौं, ९ भदौं । आज गणेश चौथी । गणेशको पूजाआजा गरी गणेश चतुर्थी पर्व मनाइँदैछ । तीजको व्रत समापन गरेको भोलिपल्ट गणेशको व्रत बस्ने शास्त्रीय मान्यता रहेको छ । आज मध्यान्न ऋद्धि, सिद्धि सहितका गणेशको पूजा गरी अघ्र्य चढाउने गरिन्छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन काठमाडौँका अशोकविनायक, जलविनायक, भक्तपुरको सूर्यविनायक, कमलविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लाग्छ ।

नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई भटमास, मकै आदि भुटेका गेडागुडी अर्थात ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org