ताजा समाचार

देउवालाई नारायणकाजी श्रेष्ठले दिए गतिलो दनकः भने,’तपाइको अभिव्यक्तिले नेपाल र नेपालीको अपमान भो!’

काठमाडौं, ९ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला भारत भ्रमणमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणमा रहेका देउवा यतिबेला आलोचित भईरहेका छन् । नयाँदिल्लीमा बिहीबार नेपाल र भातका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिपछि देउवाको चौतर्फी आलोचना भईरहेको हो ।

देउवाले दिएको अभिव्यक्तिप्रति सत्तासाझेदार दलका वरिष्ट नेताले आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देउवाको अभिव्यक्तिले नेपाल र नेपालीको अपमान भएको बताएका छन् । देउवाले दुई तिहाइ बहुमत नपुग्दा संविधान संशोधन गर्न नसकेको र फेरि संशोधनको प्रयास गर्ने अभिव्यक्ति दिएका थिए।

देउवाको अभिव्यक्तिप्रति टिप्पणी गर्दै माओवादी नेता श्रेष्ठले देउवाको अभिव्यक्तिले नेपालीको अपमान भएको उल्लेख गरेका हुन् । बिहीबार राति ट्विटरमा उनले भनेका छन्, ‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संविधानका बारेमा बोल्नुभएको कुराले नेपाल र नेपालीको अपमान गरेको छ। प्रमलाई थाहा छ के बोल्नुभो ?’ श्रेष्ठले मधेसको मत पाउने आशामा त्यस्तो अभिव्यक्ति दिएको श्रेष्ठले अनुमान गरेका छन्।

उनले बिहीबार रातिकै अर्को ट्विटमा उनले भनेका छन्,’सायद प्रधानमन्त्रीका लागि दिल्ली कुनै निर्वाचन क्षेत्र हो र उनले मधेसको भोट पाउन यो कुरा भनिरहेका छन्। उनले वास्ता गरेनन् कि म काठमाडौंमा बोलिरहेको छु कि दिल्लीमा ? र म प्रधानमन्त्री हो कि कांग्रेस सभापति ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org