ताजा समाचार

विराटनगर विमानस्थलको उडान अझै प्रभावित, दैनिक १५ हुनुपर्नेमा ८ वटा मात्रै उडान

विराटनगर, १४ भदौ । साउन अन्तिम साता आएको बाढीका कारण प्रभावित विराटनगर विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। बाढीले अवरूद्ध विमानस्थल एक सातापछि सञ्चालनमा आए पनि पूर्ण उडान गर्न अझै समस्या देखिएको खबर आजको अन्नपूर्णमा छ ।

दिवा उडान मात्र गर्न मिल्ने विमानस्थलमा नाइट तथा लो भिजिविलिटीमा उडान अनुमति नभएको सेवा प्रदायकले बताएका छन्। दैनिक १५ वटासम्म उडान हुने विमानस्थलमा अहिले बढीमा ८ वटा मात्र हुने गरेका छन्। काठमाडौंपछि विराटनगरलाई बढी यात्रु चाप हुने विमानस्थलका रूपमा लिइन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org