भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्ने गरी कानुन बनाउन प्रधानमन्त्री देउवाकै लबिङ
काठमाडौं, १४ भदौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसदमा अड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको स्रोतको दाबी छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई निर्वाचनमा उठाउने गरी कांग्रेस सांसदहरूले संशोधनको माग गरेका हुन् । सांसदहरूले राखेको संशोधनअनुसार नै निर्वाचन कानुन बन्नुपर्नेमा खड्का पक्षले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ ।
राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवी खड्का, विन्दादेवी आले राना, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मिनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, सुरेन्द्रप्रसाद यादव, राजु थापा, इन्द्रबहादुर बानियाँ र नरबहादुर चन्द भ्रष्टाचारी नेताको पक्षमा संशोधन दर्ता गर्ने सांसदहरू हुन् ।
संशोधन नभएमा खुमबहादुर खड्का, चिरञ्जिवी वाग्ले, गोविन्दराज जोशी र जयप्रकाश गुप्ताले चुनाव लड्न पाउने छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना बेपत्ता र ७६ जना घाइते
काठमाडौं । बिहीबारदेखि देशभर परिरहेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना...
-
संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग
काठामाडौं । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको...
-
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला : आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने...
-
तामाकोसी जलविद्युत् आयोजनाको पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा...
-
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
काठमााडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा...
-
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...