ताजा समाचार

त्यत्रो विरोध हुँदा पनि सुनेनन् प्रत्येक निर्वाचन आयुक्तलाई अढाई करोडका गाडी

काठमाडौं, ५ असोज । चौतर्फी आलोचना भए पनि निर्वाचन आयोगले प्रमुखसहित सबै पाँच आयुक्तका लागि २ करोड ३२ लाख रुपैयाँ मूल्यका गाडी खरिद गर्ने भएको छ । आयुक्तका लागि खरिद गर्न लागिएका एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) गाडी विलासी वर्गमा पर्छन् ।

आयोगले स्थानीय तहको मौका छोपेर नयाँ गाडी खरिद गर्न सरकारलाई दबाब दिएपछि अर्थ मन्त्रालयले बजेट दिने सहमति जनाएको थियो । त्यसअनुसार आयोगले नयाँ गाडी किन्न अहिले अर्थसँग ११ करोड ६० लाख रुपैयाँ बजेट मागेको आजको नागरिक दैनिकमा खबर छ ।

‘आयोगले प्रमुखसहित पाँचजना आयुक्तका लागि गाडी किन्न ११ करोड ६० लाख रुपैयाँ बजेट मागेर पत्र पठाएको छ’, अर्थका एक अधिकारीले भने, ‘प्रत्येक आयुक्तले अब २ करोड ३२ लाख रुपैयाँका नयाँ गाडी चढ्नेछन् ।’ नयाँ गाडी खरिद आवश्यक नभए पनि सरकारको दबाबमा अर्थले पहिले नै सहमति दिएकाले बजेट रोक्न नसकिने ती अधिकारीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org