ताजा समाचार

सिरहाको अर्नामा गाउँपालिकामा माओवादी विजयी, उपाध्यक्षमा एमाले एक मतले हार्‍यो

सिरहा, ५ असोज । सिरहाको अर्नामा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद दुबैमा माओवादी विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरी २ हजार ४ सय ३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रेश्वर मण्डलले २ हजार २ सय ९ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सियावती मुखियाले नेकपा एमालेकी रामकुमारी महतोलाई एक मतको अन्तरले हराईन् । मुखियाले २ हजार २ सय ९९ मत प्राप्त गर्दा महतोले २ हजार २ सय ९८ मत प्राप्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org