ताजा समाचार

६ अर्ब रुपैयाँ सरकारी कर्मचारीलाई दशैं पेश्कीमै सकियो

काठमाडौं, ११ असोज । सरकारले निजामती कर्मचारी, सेना र प्रहरीलाई दशैंमा पेश्की बाफत ६ अर्ब खर्च गरेको छ । दशैंमा सरकारले पेश्कीस्वरुप ६ अर्ब ११ करोड रुपैयाँभन्दा बढी खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हाल विभिन्न क्षेत्र, तह र अवकाशप्राप्त गरी करिब पाँच लाख ५६ हजार कर्मचारीलाई दशैं पेश्की जाने गरेको छ । तीमध्ये निजामति कर्मचारी ८६ हजार, सैनिक करिब ९० हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन् ।

निजामती र सुरक्षाकर्मीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडबाड खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम भुक्तानी दिन्छ ।

हाल शिक्षक करिब डेढ लाख छन् भने पेन्सनधारी करिब एक लाख जना छन् । त्यसबाहेक निजामती सेवाको करारमा करिब २२ हजार कर्मचारी छन् । स्थानीय तहतर्फ झण्डै आठ हजार कार्यरत छन् ।

चाडबाड शीर्षकमा कति खर्च हुन्छ भन्ने एकीकृत तथ्यांक नभएको अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख केवल भण्डारी बताउँछन् । गत वर्षसम्म करारका कर्मचारीले चाडबाड खर्च पाउँदैनथे । यस वर्षदेखि दिइन थालेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org