ताजा समाचार

माओवादी केन्द्रले सघाएपछि चितवन जिसस प्रमुखमा एमाले विजयी

चितवन, २५ असोज । चितवन जिल्ला समन्वय समितिको प्रमुखमा एमाले वियजी भएको छ । एमाले उम्मेदवार कृष्णकुमार डल्लाकोटी कांग्रेस उम्मेदवार भरत अधिकारीलाई ८ मत अन्तरले हराउँदै प्रमुखमा निर्वाचित भएका हुन् ।

डल्लाकोटीले ११ र अधिकारीले ३ मत पाएका छन् । जिससको चुनावमा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गरेको थियो । स्थानीय चुनावमा भने माओवादीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो । वाम गठबन्धन गर्दै पार्टी एकता गर्ने निर्णय गरेका एमाले र माओवादीले त्यसको प्रारम्भिक सुरुवात चितवन जिससबाट गरेका छन् ।

चितवन जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका, एक गाउँपालिकाका प्रमुख र उपप्रमुख जिससका मतदाता हुन् । चितवनका ७ स्थानीय तहका १४ पदमध्ये एमालेको ९, कांग्रेसको ३ र माओवादी केन्द्रको २ भोट थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org