ताजा समाचार

देउवाले मन्त्री बर्खास्त गर्ने तयारी गरिरहेका बेला माओवादी बैंठकले गर्‍यो यस्तो निर्णय


काठमाडौं, २८ असोज । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । माओवादी पार्टी कार्यालयमा आज बसेको शीर्ष नेताको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो । यो सँगै सरकार विस्तारमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवा थप अप्ठ्यारोमा परेका छन् ।

सरकारमा सहभागि मन्त्रीलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रधानमन्त्री देउवाले शुक्रवार अचानक मन्त्रीमण्डल विस्तार गर्ने निर्णय भएपनि चुनावको मुखमा राजनीति फेरि पेचिलो बनेको छ । प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु बर्खास्त गर्नेसम्मका समाचारहरु प्रकाशमा आईरहेका बेला मन्त्रीपरिषद् विस्तार गर्ने निर्णाय लिएका थिए ।

देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीका रुपमा नियुक्त गरेका छन् । पछिल्लो पटक प्रधानमन्त्री देउवाले थापासहित चार मन्त्री र चार राज्यमन्त्री थपेका हुन् । योसँगै मन्त्रीपरिषद्मा मन्त्रीहरुको सख्याँ ६४ पुगेको छ । नेपालको इतिहासमा यो सवैभन्दा ठूलो मन्त्रीपरिषद् हो ।

मन्त्रीपरिषद् विस्तार गरेपछि माओवादीले के गर्छ ? भन्नेमा सबैको ध्यान गएको थियो । तर माओवादीले देउवालाई नै अप्ठ्यारोमा पार्ने गरी सरकारलार्इ दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org