ताजा समाचार

देउवाले १० वर्षपछि विजय गच्छदारलाई माउँ पार्टीमै फर्काए, उपसभापति वा महामन्त्री पद पाउने

काठमाडौं, ३० असोज । विजय कुमार गञ्चदार १० वर्षपछि पुनः माउ पार्टीमा फर्किका छन् । पहिलो संविधान चुनावको दौरान पार्टीबाट विद्रोह गरी मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)गपार्टीमा प्रवेश गरेका गच्छादार १० वर्षपछि माउँ पार्टी नेपाली काँग्रेसमा नै फर्किएका हुन् । कांग्रेस परित्याग गरी मधेस केन्द्रित राजनीति गरेका गच्छदार स्थानीय तह निर्वाचनमा नराम्रो पराजयपछि पुनः कांग्रेसमै फर्किन लागेका हुन् ।

उनी नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नै कांग्रेसमा मिसिएको हो । आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम गरी गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरे पनि राति अबेरसम्म वार्ता जारी रहेकाले आजलाई सरेको थियो । गच्छादारले अब काँग्रेसमा उपसभापति वा महामन्त्रीमध्ये एक पद पाउने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org