ताजा समाचार

राजपा सहमहामन्त्री दिलीप धारेवाल पनि कांग्रेसमा प्रवेश

काठमाडौं, ३० असोज । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री दिलीप धारेवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेस नेता शेखर कोइरालाले आफ्नै निवासमा अविरको टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

मधेसवादी राजनीतिको सुरुवात गर्दै सद्भावना पार्टीको गठन गरेका गजेन्द्रनारायण सिंहसँग लामो राजनीतिक यात्रा गर्दै सद्भावना पार्टीबाट राजपामा पुगेका धारेवाल यसअघिका चुनावमा पनि मोरङमा राम्रै मत ल्याउँदै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org