ताजा समाचार

एकलाख दिएर बुबाले नै छोरीको हत्या गर्न लगाए

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका २ लक्ष्मीनिया कुरुनीया बस्ने ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने इस्लाम अंसारी, ३६ वर्षीय शेख इम्प्ताज, मृतकका बाबु माधवनारायण नगरपालिका ७ लौकाहा टोल बस्ने ५५ वर्षीय रामअयोध्या साह, मतृककी आमा सीतादेवी साह, परोहा नगरपालिका ४ बस्ने ४६ वर्षीय छोटेलाल साह र देवाही गोनाही नगरपालिका –२ लक्ष्मीनिया कुरुनीया बस्ने कैमलु देवान रहेका छन् ।

माइतीघरमा आमासँग सुतिरहेको अवस्थामा आमा चर्पी गएको बेलामा ४–५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले कात्तिक २६ गते अमृतामाथि गोली प्रहार गरि हत्या गरेका थिए ।

अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय युवकसँग मृतकको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको भए पनि परिवारको दबावमा ०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका ३ मा विवाह भएकोमा उनका पतिलाई छुरा प्रहार गरी ज्यान मार्ने आक्रमण भएपछि अमृता माइती आइ बसेको र ०७७ साल असारमा उनीहरुबीच सम्बन्ध विच्छेद भएको खुलेको छ ।

त्यसपछि अमृता र उनको प्रेमी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकोमा अमृताका बाबु आमालाई उनको प्रेम सम्बन्ध पनि स्वीकार नरहेको र छोरी पक्राउ परे इज्जत समेत जाने र समाजबाट अपहेलित हुनपर्ने डर भएकोले मृतककै बाबु रामअयोध्या साह समेतले भारतमा उपचारको लागि लगेर मार्न बनाएको योजना बनाएको खुलेको छ ।

प्रहरीका अनुसार भारतमा मार्ने योजना असफल भएपछि पुनः अभियुक्त कैमलु देवानलाई १ लाख रुपैयाँ दिइ गोली हानी अमृताको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । उनीहरूविरुद्ध रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org