ताजा समाचार

नारायणहिटी अगाडि महानगरको कन्सर्ट, सडक खाली गराइयो

काठमाडाैँ ।  दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडि बिहीबार भव्य कन्सर्टसहितको कार्यक्रम गर्न लागिएको छ ।

माघ २३ गते ओली समूहले नारायणहिटी संग्राहलयलाई पृष्ठभूमि बनाएर भव्य जनसभा गरेको थियो ।

ठीक सोही स्थानमा बिहीबार साँझ काठमाडौं महानगरपालिकोको आयोजनामा कन्सर्टसहितको कार्यक्रम गर्न लागिएको हो । ‘राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित सडक सांस्कृतिक महोत्सव’ नाम दिइएको  कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा समेतको सहभागिता रहनेछ ।

यस्तै पप गायक सविन राई, आधुनिक गायिक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकाश सपूत, लोक गायिका प्रिति आले, लोक गायिका अञ्जु पौडेलको प्रस्तुती रहनेछ भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिनेछ ।

कार्यक्रमका लागि स्टेजलगायतका आवश्यक व्यवस्थापनका लागि सडक नै बन्द गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org