ताजा समाचार

मुख्यमन्त्री राई र पौडेलको पद जोगियो, अविश्वास प्रस्ताव फिर्ता हुँदै

काठमाडौं । प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ ।

नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो ।

‘हाम्रो पक्षको स्थायी समिति बैठक बसेर बागमती र प्रदेश १ मा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय भएअनुसार फिर्ता गर्न लागिएको हो । एकदुई दिनभित्रै अविश्वास प्रस्ताव फिर्ता गर्दैछौ’, प्रदेश १ का अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले  जानकारी दिए ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशमा डोरमणि पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता भएको थियो । यससँगै उनीहरुको पद तत्कालका लागि जोगिने देखिएको छ । प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए । एमालेमा मुख्यमन्त्री राई र पौडेल प्रधानमन्त्री केपी ओली पक्ष भनेर चिनिन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org