बार्सिलोनालाई पछि पार्दै रियल दोस्रो स्थानमा उक्लियो
काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ।
घरेलु टिम रियलले इबारलाई २–० गोलले हराएको हो।
शनिबार राति भएको खेलमा रियललाई जिताउन मार्को एसेन्सियो र करिम बेन्जिमाले गोल गरे। खेलको ४१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–० गोलको अग्रता दिलाए।
खेलको ७३ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियलले इबारलाई २–० गोलले पराजित गरेको हो। ला लिगामै भएका अन्य खेलमा हुएस्काले लेभान्टेलाई २–० गोलले हराउँदा ग्रानाडालाई भिल्लारियलले ३–० गोलले हराएको छ।
त्यस्तै, ओसासुना र गेटाफेले भने गोलरहित बराबरी खेलेका छन्। जितसँगै रियलले बार्सिलोनालाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। रियलले २९ खेलबाट ६३ अंक बनाएको छ। पराजित इबारको भने २९ खेलबाट २३ अंक छ।
लिगको शीर्ष स्थानमा एथ्लेटिको मड्रिड रहेको छ। एथ्लेटिको मड्रिडको २८ खेलबाट ६६ अंक छ। तेस्रो स्थानमा झरेको बार्सिलोनाको २८ खेलबाट ६२ अंक छ।
Comments
अरु समाचार
-
त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग
काठमाडौं । घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक भएको छ । 'क्रिकइन्फो'ले सार्वजनिक गरेको तालिका अनुसार...
-
‘नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ’: मुख्य प्रशिक्षक अलमुताइरी
काठमाडौँ । केही अन्योलताबीच नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार मुख्य प्रशिक्षक पाएको छ । उनी हुन्, कुवेतका अब्दुल्लाह अलमुताइरी ।...
-
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह
काठमाडौँ । कुवेती अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) का मुख्य प्रशिक्षक बनेका छन् । उनलाई अखिल नेपाल फुटबल...
-
थ्री नेसन्स कप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको अनावृष्टि टुङ्ग्याउन आयोजना गरिएको थ्री नेशन्स कपको फाइनलमा आज घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन्...
-
आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने
काठमाडौँ । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज (आइतबार) दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। एएफसी कप २०२१ प्ले अफको...
-
चैत २१ देखि दाङकाे लमहीमा बलियो नेपाल कप हुने
काठमाडौं । बलियो नेपाल कप पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजना र बलियो...
-
मेस्सीको कीर्तिमानमा बार्सिलोनाको सानदार जित
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल...
-
खुमलटार स्तब्ध, ब्वाइज युनियनको संघर्षपूर्ण जित
काठमाडौं । 'बी' डिभिजन लिगअन्तर्गत शनिबार भएका खेलमा उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित भएको छ...
-
मेस्सीको उत्कृष्ट प्रदर्शनमा सेभियामाथि बार्साको जित, उक्लियाे दाेस्राे स्थानमा
काठमाडाैँ । मेस्सीको उत्कृष्ट प्रदर्शनमा फुटबल क्लब बार्सिलोनाले ला लिगामा सेभियामाथि जित हात पारेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले...