ताजा समाचार

वैदेशिक रोजगारीमा गएका नेपालीका एकैदिन आए १७ शव

शब बुझ्न आफन्तसँगै पूर्वप्रधानमन्त्री भट्टराई पनि पुगे एयरपोर्ट

काठमाडाैँ । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका नेपालीहरूमध्ये  १७ जनाकाे शव एकैदिन आइतवार नेपाल आइपुगेको छ ।

आइतवार बिहान विभिन्न समयमा १७ वटा शब नेपाल आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

आइतवार बिहान मलेसियाबाट मात्रै १२ जनाको नेपाल शव आइपुगेको छ ।

विमानस्थल स्रोतका अनुसार, मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जनाको शब आइपुगेको छ ।

विमानस्थलमा आइपुगेका शवहरूमध्ये केही गोरखा जिल्लाको पनि रहेको थियो ।

गोरखा २ सिरानचोक ५ का २८ वर्षीय सूर्य विक, गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि शव आएको थियो । शब बुझ्न उनीहरूको आफन्तसँगै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराई पनि पुगेका थिए ।

डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,’शव बुझ्न आएका आफन्तहरूको भाव विह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’

यसअघि माघ ९ गते एकै पटक मलेसियाबाट रोजगारीमा गएका १७ नेपालीको शव नेपाल ल्याइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org