ताजा समाचार

कोरोना नियन्त्रणका लागि राष्ट्रिय युवा संघले कलंकी र गोंगबुमा राख्यो हेल्प डेस्क

काठमाडौँ । कोरोना कोभिड-१९ को नयाँ भेरियन्ट संक्रमण रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय युवा संघ नेपालले कलंकी र गोंगबुबाट हेल्प डेस्क स्थापना कार्यको सुरुवात गरेको छ।

काठमाडौको गोंगबुमा संघका स्थायी कमिटि सदस्य अमित पौडेल र कलंकीमा संघका सचिवालय सदस्य रुपेश महर्जन केन्द्रीय सदस्य द्वय बिनोद थापा र सुजन केसीको नेतृत्वमा हेल्प डेस्क संचालनमा आएको छ ।

संघका अध्यक्ष वचन बहादुर सिंह,सह-अध्यक्ष किरण पौडेल,महासचिव रमेश आचार्य र सचिवालय सदस्य मन्जिव क्षेत्रीले हेल्प डेस्कबाट वितरण गरिेने माक्स,सेनिटाइजर,ग्लोब्स,खानेपानी लगायतका सामाग्रीको व्यवस्थापन गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org