ताजा समाचार

गीत: काँचमा राख्ने फूलमा मैले जीवनको अर्थ खोजेछु

          गीत

यो मन दुखेर आज आँसुको ताल पर्‍यो
सँगै बाँचौँला भन्थेँ, मायाले जाल गर्‍यो

शिरफुल होइन वनफूल टिपी शिरैमा लाउँछु भन्यौ
सुनचाँदी होइन अंगालोभित्र जुनतारा पाउँछु भन्यौ
मायाको झोली खोसेर फेरि पराइको पोल्टो भर्‍यौ
सपना हाम्रा नहुँदै पूरा मायालुले कोल्टो फेर्‍यौ

यो मन …………………………

काँचमा राख्ने फूलमा मैले जीवनको अर्थ खोजेछु
डालीमा डुल्ने पातमा भुल्ने पुतली पो व्यर्थ रोजेछु
‍दुनियाँ साक्षी राखेर पहिले फूलको थुङ्गा भन्यौ
दु:खमा लाछी बनेर अहिले बगरको ढुङ्गा भन्यौ

यो मन …………………………

भूपाल आचार्य
मानपुर, दाङ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org