ताजा समाचार

सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार हुँदै, एमाले प्रमुख सचेतकमा खड्का

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तारको तयारी गरिएको छ । नेकपा एमाले र माओवादी केन्द्रका सांसद्लाई समेटेर मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।  मन्त्री नियुक्त गर्ने र आजै प्रदेश प्रमुखबाट सपथ ग्रहण गराउने तयारी छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार  तारालामा तामाङ, मानबहादुर सुनार लगायत प्रदेशसभा सदस्य मन्त्री बन्दै छन् ।  नेकपा एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नगर्ने अडानकाबीच एमाले प्रदेश संसदीय दलको माधव पक्षले उल्टै मन्त्री थप्ने योजना बनाएको छ । संसदीय दलको बुधबारको बैठकले यही सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

यस्तै नेपाल एमालेले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लाल बहादुर खड्का नियुक्त भएका छन् । यसअघि प्रमुख सचेतक रहेका तारालामा तामाङ प्रदेश सरकारमा मन्त्री हुने निश्चित भएपछि थापालाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

संसदीय दलका नेता शाहले सचेतकमा दुर्गा कुमारी कामीलाई चयन गरेका छन् । यसअघि अक्कल रावल सचेतक थिए । रावल पनि मन्त्री बन्ने लाईनमा रहेको स्रोतले बतायो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org