ताजा समाचार

सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई एमालेले सोध्यो ४८ घण्टे स्पष्टीकरण

काठमाडाै । नेकपा एमालेले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्णय नमानेको भन्दै शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

पार्टीको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि संसदीय दलका नेता शाहले सरकारलाई दिएको समर्थन कायमै राखेका छन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको निर्णय विपरीत काम गरेकाले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधिएको बताए ।

‘हामीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेका छौँ । तर, पार्टीको निर्णय संसदीय दलले सरकारलाई दिएको समर्थन कायमै राखेपछि स्पष्टीकरण सोधेका हौं,’ उनले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो नआए दलको विधानअनुसार कारबाही हुनेछ ।’

तामाङले पार्टीको १० जेठको स्थायी कमिटी बैठकको निर्णय विपरीत सरकारलाई दिएको समर्थन किन फिर्ता नलिएको भनेर स्पष्टीकरण सोधिएको बताए ।

यसअघि १० जेठमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सुदूरपश्चिम संसदीय दलमा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल समूह बहुमतमा छ । त्यसैले नेपाल समूहले पार्टीको निर्णय अवज्ञा गर्दै सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org