ताजा समाचार

पोल्यान्डसँग स्पेनको बराबरी, पेनाल्टीमा चुके मोरेनो

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । शनिबार राति स्पेनले पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

सेभियामा स्पेनले पाएको अवसर गुमाउँदा बराबरीमा चित्त बुझाउन बाध्य भयो । स्पेनका खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

खेलको २५औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ५४औँ मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई १–१ को बराबरीमा फर्काए । ५८औँ मिनेटमा स्पेनका जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्न सकेनन् ।

बराबरीसँगै समूह ‘ई’को स्पेनले दुई खेलबाट २ अंक जोडेको छ । स्पेन तालिकाको तेस्रो स्थानमा छ । पोल्यान्ड दुई खेलबाट १ अंकसहित पुछारमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org