ताजा समाचार

अर्जेन्टिना कोपा अमेरिकाको क्‍वार्टरफाइनलमा

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको  क्‍वार्टरफाइनल प्रवेश गरेको छ । मंगलबार पराग्वे लाइ १-० ले पराजित गरेपछि अर्जेन्टिनाले समूह विजेताका रुपमा आन्तिम आठमा आफ्नो स्थान पक्का गर्‍यो ।

अर्जेन्टिनालाई विजयी बनाउन अलेहान्द्रो गोमेजले खेलको एक मात्र गोल गरे । जितसँगै अर्जेन्टिनाले तीन खेलबाट सात अंक बनायो ।

समूहको दोस्रो स्थानमा चिली छ । मंगलबार नै उरुग्वेसँग १-१ को बराबरी खेलेको चिलीको पाँच अंक छ ।

उरुग्वेविरुद्ध चिलीले पहिलो हाफमै अग्रता लिएको थियो । चिलीका लागि एदुवार्दो भारगसले २६ औँ मिनेटमा गोल गरेको थिए । तर दोस्रो हाफमा आर्तुरो भिडालले आत्माघाती गोल गरेपछि उरुग्वेले अंक खोसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org