ताजा समाचार

काठमाडौँमा एकै दिन थपिए १ हजार १८६ संक्रमित

काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौँ उपत्यकामा मात्र १ हजार १८६ जना संक्रमित थपिएका छन् ।

यसमध्ये काठमाडौँ जिल्लामा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५१ जना संक्रमित रहेका छन् । प्रदेश १ मा झापामा सर्वाधिक २९७, गण्डकी प्रदेशमा कास्कीमा २९४, लुम्बिनीमा रुपन्देहीमा ५३ जना, कर्णालीमा सुर्खेतमा ३५ जना र सुदूर पश्चिममा कैलालीमा २४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो ।  मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् भने १० हजार १५० जनाको मृत्यु भएको छ ।

हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहँदा १७६ जना भेन्टिलेटर र ७६१ जना आईसीयूमा रहेका छन् । हालसम्म कोरोना निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org