ताजा समाचार

युवा नेता शेर्पा दोलखा कांग्रेसको क्षेत्रीय प्रदेश सचिवमा विजय

दोलखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा दोलखा जिल्ला क्षेत्रीय  प्रदेश `क´ सचिवमा लोकप्रिय युवा नेता नोर्बु शेर्पा विजय भएका छन ।
नेपाली कांग्रेस दोलखा लोकप्रिय युवा नेता नोर्बु शेर्पाले आसन्न १४ आैँ महाधिवेशनमा दोलखा जिल्ला प्रदेश क क्षेत्रीय सचिवमा विजय भएका हुन ।
लामो राजनीतिक यात्रामा दोलखा  पार्टी संगठनमा राम्रो प्रभाव छोड्न सफल युवा नेता शेर्पा  भद्र र शालिन स्वभावका नेता हुन ।
पार्टी संगठन भित्रको चुरो बुझेका युवा नेता शेर्पा नेपाल लेखापढि कानुन व्यवसायी संघको महाधिबेशन प्रतिनिधि समेत हुन ।
सानै उमेरदेखी राजनिति सक्रिय शेर्पा नेपाल विद्यार्थी संघ हुदै तरुण दलमा समेत आवद्ध रहेर काम गरेको लामो अनुभव बटुलेका छन ।
नेता शेर्पा अधिवक्ताको समेत तयारी गरिरहेका छन ।
शेर्पाले न्युज नेपालसंग भनेः अव जिल्ला पार्टी संगठनलाई  एक ठाँउमा उभ्याएर  पार्टीलाई विधि पद्धतिमा ढाल्नु मेरो पहिलो प्राथमिकता रहने छ ।

शेर्पाले आफूलाई मतदान गरेर विजय वनाउने  सम्पुर्ण  प्रतिनिधिलगाएत सिंगो पार्टी पंतिलाई  धन्यवादसमेत गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org