ताजा समाचार

बागमतीको मुख्‍यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव

काठमाडाैँ । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् ।

बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए ।

बागमती प्रदेशमा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । तर शाक्यको पक्षमा प्रदेशसभामा बहुमत छैन ।

उनले विश्वासको मत नपाएमा बहुमतको अर्को सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । एकीकृत समाजवादीका नेता पाण्डेलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org