ताजा समाचार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिए जिपलाइनको मजा

काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जिपलाइनको मजा लिएका छन्।

धुलिखेल पुगेका तिमिल्सिनाले क्लासिक जिपलाइनको अनुभव लिएका छन्। जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाको भनाइ छ ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि  ११ सय मिटरको छ। भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रूपमा सुरु भएको हो।

धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चर प्रा.लि. मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org