ताजा समाचार

माओवादी केन्द्र काठमाडौं महानगर वडा नं ७ को अध्यक्षमा भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सम्मेलनले राममणी भट्टराइलाई अध्यक्ष चयन गरेको छ ।

भट्टराईलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको सम्मेलनले २९ सदस्यीय वडा कार्यसमिति सर्वसम्मतीले चयन गरेको वडाका पूर्व अध्यक्ष देबेन्द्र खड्काले जनाए ।

`पार्टीले देशैभर आज वडा सम्मेलन गर्ने कार्यतालिका बनाएको थियो । सोहि अनुसार हामीले वडा नम्बर ७ मा सर्वसम्मतीले कमिटी चनय गर्‍यौं´, काठमाडौं जिल्ला युवा फ्याक्सन इन्चार्ज रणबीर गुरुङ `रविन´ले भने ।

यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटै वडामा समेत सम्मेलन भव्य सम्पन्न भएको रविनले जनाए ।                         

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org