ताजा समाचार

मन्त्री आलेले चितवन पुगेर भने – ‘हामी गोली गठ्ठासहित आएका हौँ, मिसन पुरा गर्छौ’

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले गोलीगठ्ठासहित चितवन आएको बताएका छन् ।

भरतपुर महानगरले आयोजना गरेको समृद्ध भरतपुरकालागि विकास बहस कार्यक्रममा बोल्दै आलेले गोलि गठ्ठसहित ‘मिसन पुरा’ गर्ने गरी आएको चितवन आएकाे बताए ।

उनले भने, ‘हामी गोली गठ्ठासहित चितवन आएका हौँ, मिसन पुरा गर्ने गरी आएका छौँ ।’

उनले भरतपुर विमानस्थलको क्षेत्रफल विस्तार गरेर स्तरोन्नतीको कामलाई छिटै पूर्णता दिइने दाबी पनि गरे ।

भरतपुर विमानस्थलको क्षेत्र विस्तार गर्न सेना व्यारेक र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्न पहल गरिने पनि आलेले बताएका छन । उनले पटिहानीको अम्ब्रेला स्ट्रिट पर्यटकीय क्षेत्र बनेकोमा प्रशंसा गरे ।

‘धेरै अप्ठ्यारो छैन, २०–२५ करोड बजेट भए पर्यटकको आकर्षण केन्द्र बन्नेछ’, उनले भने, ‘मन्त्रालयबाट सिफारिस गरेर द्रुत बजेट निकासा हुनेछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org