ताजा समाचार

एमाले महाधिवेशनको तयारी पूरा

चितवन । शुक्रबारदेखि चितवनमा हुने नेपाल एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

महाधिवेशनके उद्घाटनका लागि नारायणी किनारम भव्य मञ्च बनाइएको छ ।

महाधिवेशन स्थलमा मञ्च निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको एमालेले जनाएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ।

महाधिवेशनको उद्घटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरबाट पाँच लाख जनसहभागिता हुने एमालेको दाबी छ ।

महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरू चितवन आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org